किन पक्राउ परे पेप्सीका सीईओ ?

५ बर्ष अगाडि

पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजका प्रमुख कार्यकारी अधिकृत प्रविणकुमार अग्रवाल पक्राउ परेका छन्।

उनी उच्च अदालत पाटनले थुनामा पठाउन आदेश दिएसँगै  पक्राउ परेका हुन् । 

उनलाई राजस्व चुहावट सम्बन्धि मुद्दामा पुर्पक्षका लागि थुनामा राखिने भएको हो ।  नक्कली बिजकको कारोबार गर्ने व्यक्तिहरुसँग मिलेमतो गरी मालबस्तु नै खरिद नगरी राजस्व चुहावट गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो। 

बिभागले कम्पनीका सञ्चालकहरू अमित गुप्ता र रविकान्त जयपुरियासहित सात जनाविरूद्ध विगो, जरिवाना र जेल सजायको दावी गर्दै मुद्दा हालेको थियो। जसमा यसअघि २ जना धरौटीमा रिहा भइसकेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया