आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७७÷०७८ को प्रथम अर्धवार्षिक समीक्षा गोष्ठी तथा शाखा व्यवस्थापन तालिम कार्यक्रम गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरामा सम्पन्न गरेको छ ।
२०७७ माघ २४गते देखि २७ गते सम्म सञ्चालन भएको उक्त गोष्ठीमा सञ्चालक समितिका अध्यक्ष श्री जगत बहादुर पोखरेल, सञ्चालक समितिका अन्य सदस्यहरु,प्रमुख कार्यकारी अधिकृत, नायब कार्यकारी अधिकृत तथा देउराली लघुवित्त वित्तीय संस्था र वि.पि.डव्लु लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत समेतको सहभागिता रहेको थियो ।गोष्ठीमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु लगायत १२१ जना शाखा प्रमुखहरु, देउराली लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु लगायत १२ जना शाखा प्रमुखहरु र वि.पि.डव्लु लघुवित्त वित्तीय संस्थाका ५ जना शाखा प्रमुखहरु सहभागी रहेका थिए ।
उक्त कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्द प्रसाद मुल्मीले नेपालमा लघुवित्तको इतिहास र आर्थिक सामाजिक क्षेत्रमा लघुवित्त संस्थाहरुले वर्तमान अवस्थामा पु–याएको योगदानको वारेमा प्रकाश पारेका थिए । उनले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले उद्धेश्य अनुरुप गरिवी निवारणको अभियानमा निकै ठूलो योगदान पु–याउन सकेको धारणा राख्दै भविष्यमा यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष जगत वहादुर पोखरेलले नेपालको गरिवी न्युनिकरण र आर्थिक सम्बृद्धि हासिल गर्ने महानअभियानको रुपमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था अगाडी वढीरहेको वताउंदै यो संस्थाले निकट भविष्यमा नेपालका सवै जिल्लाहरुमा शाखा सञ्जाल विस्तार गरी दुर दराजमा वस्ने सवै लक्षितवर्गहरुलाई समेत सेवा पु–याउने वताए।
कार्यक्रममा पाल्न हुने सवै अतिथि एवं सहभागीहरुलाई स्वागत गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मण घिमिरेले संस्थाले हालसम्म हासिल गरेको प्रगतिकावारेमा प्रकाश पार्दै यस आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लक्षितवर्गहरुमा कर्जा तथा वचतका कार्यक्रमहरु सहित महिला सशक्तिकरण, शैक्षिकजागरण, स्वास्थ्य शिक्षा तथा वित्तीय साक्षरताका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आइरहेको कुरा वताए। ग्राहक संरक्षण तथा हितका लागि संस्थाले विशेष रूपमा कार्य गर्न ग्राहक उद्यमशीलता विकासका लागि उपयोगी तालिम, गोष्ठी र ग्राहकहरूको अवलोकन भ्रमणलाई थप प्रभावकारी रूपमा संचालन गर्ने समेत यस संस्थाको कार्यक्रम रहेको वताए। ४ दिन सम्म सञ्चालन भएको उक्त कार्यक्रममा सवै कार्यालयहरुको प्रथम अर्धवार्षिक प्रगति समिक्षा र आगामी रणनीतिहरुको वारेमा छलफल भएको थियो ।
नेपालका लघुवित्तका विज्ञहरु डा.भरत सिंह थापा, डा. धु्रवलाल पाण्डेले शाखाव्यवस्थापन सम्वन्धी, दिपेन्द्र ढकालवाट तालिम प्रदान गरेका थिए । डा.सुरेन्द्र उप्रेती र भेषराज पन्थीले लघुवित्तको महत्व, अवसर, च्नौती र प्रभावकारिताको वारेमा प्रकाश पारेका थिए । सो अवधिमा प्रभु इन्स्योरेन्स कम्पनीबाट ग्राहक सदस्यहरुको म्यादी जीवनवीमा सम्वन्धीतालिम समेत प्रदान गरिएको थियो ।
उक्त ४ दिने गोष्ठी कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंक पोखराका निर्देशक श्री इश्वरी भट्टराईले लघुवित्त संस्थाहरुले गरीबि न्युनिकरण गर्न सकारात्मक भुमिका खेलेको विचार व्यक्त गर्दै नेपालमा लघुवित्त संस्थाहरुको वाक्लो उपस्थिति रहेको हुंदा संस्थाहरुले कार्यक्रमको गुणस्तरियतामा ध्यान दिन, कार्यक्रम नपुगेका स्थानीयतहहरुमा कार्यक्रम विस्तार गर्न र संस्थाहरु एकआपसमा मर्ज गर्ने कार्यमा लाग्न सुझाव दिऐ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले छोटो समयमा गर्न सकेको प्रगतिको लागि धन्यवाद व्यक्त गर्नु हुंदै आगामी दिनमा यस संस्थाको थप उन्नती प्रगतिको लागि शुभकामना दिए ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले हालसम्म सातवटै प्रदेशका ५०जिल्लामा १ सय २१ वटा शाखा कार्यालय विस्तार गरी करिब ७१५४०हजार सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यस अवधिमा संस्थाको लगानीमा रहेको कर्जा रु. ३ अर्ब ४५ करोड, कुल बचत रु. १अर्ब ८ करोड र सञ्चालन मुनाफा (अपरिष्कृत) रु.६करोड २४लाख रहेको छ ।
प्रतिक्रिया