माछापुच्छ्रे बैकको 'रेमिट्याप' संचालनमा

५ बर्ष अगाडि

माछापुच्छ्रे बैकले मोवाईल वालेट संचालनमा ल्याएको छ । बिहिबार बैंकका अध्यक्ष डा.बिरेन्द्रकुमार महतोले नयाँ एप रेमिट्याप सार्वजनिक गरेका हुन् ।

यस एपले २४ घण्टाभित्र डाउनलोड गर्ने एक हजार ग्राहकले एक सय रुपैयाँ बोनस पाउने र यो एप चलाउन कुनै बैंक खाता आवश्यक नपर्ने बैंकले जनाएको छ ।

यस रेमिट्यापमा भर्चुअल कार्ड सिर्जना गरि सोे कार्डबाट भुक्तानी गर्ने, साथीलाई भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै अकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने  छ ।

 ्यो एपबाट विदेशबाट रेमिट्यान्स वालेटमा पठाउन र प्राप्त गर्न निकै सहयोगी सावित हुने बैंकले जनाएको छ । ्यस एपमा आफ्नो व्यक्तिगत विवरण (केवाइसी)समेत भिडियो मार्फत अपलोड गर्न सकिन्छ । त्यतिमात्रै होइन्,बैंकको नयाँ एपबाट विजु ली,खानेपानी, टेलिफोनको लगायतका बील तिर्न समेत सकिने बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया