काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्सले नयाँ सञ्चालक नियुक्त गरेको छ ।
माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण शेयर तर्फ रिक्त रहेको सञ्चालक पदमा वीरेन्द्र बाबु श्रेष्ठलाई नियुक्त गरेको हो ।
विशाल मिनरल्स एण्ड माइन्स प्रालिको प्रतिनिधिको रुपमा सञ्चालक समितिको बाँकी रहेको कार्यकालको लागि श्रेष्ठलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया