काठमाडौं- महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७८ लाख रुपैंया बराबरको खुद नाफा कमाएको छ । गत आवको तुलनामा कम्पनीको नाफा कम हो । कम्पनीले गत आवको सोही अवधीसम्म १ करोड १५ लाख रुपैंया बराबरको खुद नाफा कमाएको थियो । जुन यस वर्षको सोही अवधीको तुलना ३७ लाख ३३ हजार रुपैंया अर्थात ३२ प्रतिशतले का हो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ६६.७९ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २८ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४७ करोड २८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।
१ अर्ब ४० करोड रुपैंया चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १४ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधीसम्म कम्पनीले ४८ करोड ३ लाख रुपैंया बराबरको कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधीसम्म कम्पनीले २८ करो ७२ लाख रुपैंया बराबरको कुल बीमा शुल्क संकलन गरेको थियो ।
प्रतिक्रिया