रिलायन्स लाइफको खुद बीमाशुल्क संकलन १ अर्ब माथि, २४ प्रतिशतले बढ्यो खुद नाफा

५ बर्ष अगाडि

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार कम्पनीले आफ्नो खुद बीमाशुल्क संकलन ९२.०६ प्रतिशतले बढाएको देखिएको छ । 

अघिल्लो आवको यसै अवधीमा खुद नाफा २४.३३ प्रतिशतले बढाएको छ । गत आवको यसै अवधीमा  ४ करोड ६५ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले समिक्षा अवधीमा ५ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

त्यस्तै,  यस अवधीमा कम्पनीको बीमा कोषको आकार ७७ करोड ५९ लाख २२ हजार रुपैयाँबाट बढेर १ अर्ब ७९ करोड ९१ लाख ५३ हजार रुपैयाँ पगेको छ ।

कम्पनीले समिक्षा अवधीमा १ अर्ब १० करोड ९६ लाख ७८ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

पुस मसान्तसमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ८ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया