दोस्रो त्रैमासमा ५० प्रतिशतले बढ्यो सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा

५ बर्ष अगाडि

चालु आवको दास्रो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीका खुद नाफा ५० प्रतिशत हारहारीले बढेको छ । 

समिक्षा अवधीमा कम्पनीले ४९.५१ ले बढाएर १३ करोड ६९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले गत आवको यसै अवधीमा ९ करोड १६ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, कम्पनीले ३ करोड ९६ लाख ५२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत वर्ष कम्पनीले ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

उता, कम्पनीको बीमा कोषको आकार ७२ करोड ३२ लाख रुपैयाँबाट बढेर ९० करोड ८ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३७ करोड ७२ लाख ९९ हजार रुपैयाँ छ ।

समिक्षा अवधीमा यस कम्पनीले ५१ करोड ८८ लाख १९ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया