लिवर्टी ईनर्जी झन्डै ३ करोड घाटामा, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं- लिवर्टी ईनर्जी कम्पनि लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार चालु आवको दोस्रो त्रैमास सम्म कम्पनीले २ करोड ९१ लाख रुपैंया बराबरको घाटा ब्यहोरेको छ । गत आवको सोही अवधीसम्म कम्पनीले ३ करोड ५ लाख रुपैंया बराबरको घाटा व्यहोरेको थियो । गत आवको तुलनामा कम्पनीको घाटा १३ लाख ६७ हजार रुपैंया बराबरको कम घाटा व्यहोरेको छ । 

समीक्षा अवधीसम्म कम्पनिको चुक्ताँ पुँजी १ अर्ब ५० करोड रहेको छ । 

समीक्षा अवधीसम्म कम्पनीको प्रतिशेयर आम्दानी रु.१.९४ रहेको छ । गत आवको सोही अवधीसम्म कम्पनीको प्रतिशेयर आम्दानी रु १.४१ रहेको थियो । यस्तै, चालु आवको पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटबर्थ रु.९०.५७ रहेको छ । 

आयोजना निर्माण कार्य अझै नसकिएकोले कुनै आम्दानीका श्रोत नभएका कारण कम्पनीको नोक्सानी चुलिँदै छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया