रामकुमारी झाँक्री प्रकाउ

५ बर्ष अगाडि

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले प्रकाउ गरेको छ । बिहानै  झाँक्री निवास पुृगेका प्रहरीले दिउसो १ बजे  झाँक्रीलाई प्रकाउ गरेको हो । झाँक्री द्वारा प्रकाउ पुर्जी स्विकार गरेसंगै  प्रहरीले प्रकाउ गरेको हो । 

झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड-माधव समूहका धेरै कार्यकर्ता भेला भएका थिए । पक्राउ पर्नुअघि उनले सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएको बताएकी थिइन् ।

नेकपाका कार्यकर्ताहरू शंखमुलस्थित झाँक्री निवास पुगेर प्रहरीविरुद्ध नाराबाजी गरेका छन्  । नाराबाजी एक घण्टादेखि जारी छ । 

यता  निवासबाहिर प्रहरी र नेकपा कार्यकर्ताबीच धकेलाधकेल हुँदा एक जना प्रहरी जवान  घाइते बनेका छन्।महाशाखाका अनुसार प्रहरी निरीक्षक दिनेश गौतममाथि कुटपिट गएको हो। गौतममाथि रामकुमारीको घरमा जम्मा भएको भिडले मुक्का हानेको हो। मुक्का लागेर गौतमको नाक र अनुहारमा चोट लागेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न प्रहरीले  झाँक्रीलाई बोलाएको थियो। 
 

५ बर्ष अगाडि

प्रतिक्रिया