बैंक अफ काठमाण्डूले ल्यायो 'भ्यालेन्टाइन डे' मा नयाँ योजना

५ बर्ष अगाडि

काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले  'भ्यालेन्टाइन डे' को अवसरमा नयाँ अफर ल्याएको छ । आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकहरुलाई यस अफर मार्फत गरगहना खरिदको लागि इएमआई सुबिधा ल्याएको हो ।

बैंकले बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसंगको सहकार्यमा ग्राहकहरुलाई गरगहना खरिदको लागि इएमआई सुबिधा ल्याएको छ।

यस सुबिधामा ग्राहकले ४० हजार देखी ५ लाखसम्मको गरगहना खरिद गर्न सक्ने बैंकले जनाएको छ । साथै, यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नेछन र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकलाई २ महिनाको किस्ता छुट हुने जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया