काठमाडौं- अपर तामाकोशी हाइड्रोपवर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार चालु आवको दोसा्रे त्रैमास सम्म कम्पनीले ३ करोड १५ लाख रुपैंया बराबरको घाटा ब्यहोरेको छ । गत आवको सोही अवधीसम्म कम्पनीले २ करोड ३३ लाख रुपैंया बराबरको घाटा व्यहोरेको छ । गत आवको तुलनामा कम्पनीको घाटा ८२ लाख ३१ हजार रुपैंया बराबरले बढी हो ।
समीक्षा अवधीसम्म कम्पनिको चुक्ताँ पुँजी १० अर्ब ५९ करोड रहेको छ ।
समीक्षा अवधीसम्म कम्पनीको प्रतिशेयर आम्दानी रु.०.३० रहेको छ । गत आवको सोही अवधीसम्म कम्पनीको प्रतिशेयर आम्दानी रु ०.२२ रहेको थियो । यस्तै, चालु आवको पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटबर्थ रु.९२.२४ रहेको छ भने प्रतिशेयर सम्पत्तीको मुल्य रु.७८३ रहेको छ ।
आयोजना निर्माण कार्य अझै नसकिएकोले कुनै आम्दानीका श्रोत नभएका कारण कम्पनीको नोक्सानी चुलिँदै गएको हो।
प्रतिक्रिया