झाँक्रीको घरमा प्रहरीको घेरा, समर्थकको नाराबाजी !

५ बर्ष अगाडि

 प्रचण्ड–नेपाल नेकपा समूहकी नेता तथा सांसद रामकुमारी झाँक्रीलाई प्रकाउ गर्न पुलीस घरमा पुगेको छ ।  झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका हुन्।

 पत्रकार  सम्मेल भईरहेका बेला उनको निवास बाहिर सादा  पोसाकमा खटिएका प्रहरी हरुले घर घेरेका हुन् । यसै बिचमा  प्रचण्ड–नेपाल नेकपा समुहका केहि कार्यकर्ताले झाक्रिको घर बाहिर पुलीस प्रशासन चाहिदैनस, पुलिस हस्तक्षेप बन्द गर  , राम कुमारी झाक्रि हाय हाय केपी बिद्या बाई बाई जस्ता नारा लगाएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न प्रहरीले  झाँक्रीलाई बोलाएको थियो।

यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो। 

५ बर्ष अगाडि

प्रतिक्रिया