काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन्।
नेपाल लाइफ इन्स्योरेन्सको माघ २७ गते बसेको सञ्चालक समिति बैठकबाट प्रसाईलाई सीईओमा नियुक्त गरिएको हो।
सीईओ नियुक्तिपछि स्वीकृतिको लागि सञ्चालक समितिले बिमा समितिमा पठाएको छ।
साढे तीन वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले १ साउनदेखि कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेका थिए। उनले यसअघि सात वर्ष बिमा समितिमा पनि काम गरेका थिए।
प्रतिक्रिया