काठमाडौं – विजय लघुवित्त वित्तिय संस्थाको बिशेष साधारण सभा फागुन १५ गते हुने भएको छ । माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
विजय विकास स्रोत केन्द्र, गैडाकोटमा बिहान ९ बजे उक्त साधारण सभा हुनेछ ।
बिशेषगरि सभामा कम्पनीले खप्तड लघुवित्त वित्तिय संस्था लिमिटेडलाई प्राप्ती गर्ने सम्बन्धमा सञ्चालक समितिले तयार गरिको प्रतिवेदन पारित गरिने छ । बिशेषगरि खप्तड लघुवित्तलाई प्राप्त गर्ने सम्बन्धमा नै कम्पनीको साधारण सभा गर्न लागिएको हो ।
साधारण सभा प्रयोजनका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म बुक क्लोज गरिने बताइएको छ ।
प्रतिक्रिया