लाइफ इन्स्योरेन्स कर्पोरेशनले फागुन २५ गते बोलायो वार्षिक साधारण सभा

५ बर्ष अगाडि

काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले १८ औं वार्षिक साधारण फागुन २५ गते बोलाएको छ ।  सभा बिहीबार नक्सालस्थित एलआईसी शिक्षालय हलमा बिहान १०ः३० बजेबाट गर्न निर्णय भएको छ । 

कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार फागुन ६ गते बिहीबारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन लाभांश पाउन योग्य हुनेछन् ।

सभाले सञ्चालक समितिले आर्थिक वर्ष २०७५/७६ बाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशतले हुन आउने बोनस शेयर र बाँकी ०.५२३३ नगद गरी कुल १०.५२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

यसैगरी सभामा आव २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण तथा सञ्चालक समितिलाई प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न अख्तियारी दिे लगायतको एजेण्डाहरु सामावेश गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया