ह्वात्तै बढ्यो एनआरएन इन्फ्रास्टक्चरको नाफा

५ बर्ष अगाडि

काठमाडौं – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आवको पुस मसान्तसम्म रु. १ करोड ११ लाख ८२ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ४१ लाख ५० हजार खुद नाफा कमाएको थियो । 
कम्पनीले समिक्षा अवधीमा रु. १ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १३ करोड रहेको छ । वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी (लाभांश) क्षमता १.९७ रहेको छ । यस्तै, मुल्य आम्दानी १८३.५४, प्रतिशेयर नेटवर्थ १०३.९६, प्रतिशेयर सम्पत्तिको मुल्य १०३.९६ र तरलता अनुपात १८०.९६ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया