काठमाडौं, बैंक अफ काठमाण्डुले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ सेवा 'बीओके क्लिक' को स्तरोन्ति गरेर विभिन्न आकर्षक सेवा सुविधाहरु थप गर्दै उच्च स्तरको परिमार्जित इन्टरनेट बैंकिङ सेवा 'बीओके क्लिक' आफ्ना संस्थागत ग्राहकसमक्ष प्रस्तुत गरेको छ ।
जसअन्तगर्त विभिन्न नयाँ सुविधाहरु खाताको जानकारी बहु खाताहरु लिंक र नियन्त्रण, अन्तर बैंक रकमान्तर, आइपीएस सुविधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरलगागतका सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।
यो सुविधाबाट ग्राहकहरुले बैंकिङ कारोबारको लागि बैंक आइरहनुपर्ने समस्यालार्य निवारण हुनुका साथै समयसापेक्ष बैैकिङ सेवाको अनुभव गर्न सक्ने बैकिले जनाएको छ ।
प्रतिक्रिया