स्वाभिमान लघुवित्तको लाभांशका लागि शेयरधनी बन्ने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं - स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पाउनका लागि शेयरधनी बन्नु पर्ने आज अन्तिम दिन रहेको छ । 

लघुवित्तले फागुन १३ गते बिहीबारका लागि बोलाएको चौथो वार्षिक साधारण सभाका लागि शुक्रबार बुक क्लोज गर्दैछ । बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनी मात्र लाभांश पाउने भएकाले लाभांश खाने लगानीकर्ताले आजसम्म शेयर किनेर शेयरधनी भैसकेको हुनु पर्ने छ । 

लघुवित्तले सभाबाट आ.व. २०७६/०७७ को नाफाबाट २० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया