नेशनल माइक्रोफाइनान्सको नाफा ४४.९७ प्रतिशत बढ्यो ,प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ४४.९७ प्रतिशतले ले बढेर १३ करोड ४१ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ९ करोड २५ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो । लघुवित्तले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । 


यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले नाफा बढ्न सहयोग पुगेको हो । 

पुस मसान्तससम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी ३७.७३ प्रतिशतले बढेर २५ करोड ७८ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले १८ करोड ७२ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । यसको सञ्चालन नाफा पनि ४४.९७प्रतिशतले बढेर २१ करोड २९ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले १४ करोड ६८ लाख ९८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 

संस्थाको प्रतिसेयर आम्दानी वार्षिक १०१ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ७८ पैसा छ । यता, खराब कर्जा भने ०।४७५ ले बढेर २.२३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.७६ प्रतिशत थियो । नेसनलको चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजार रुपैयाँ र जगेडा कोषमा ३४ करोड ५३ लाख २९ हजार रुपैयाँ छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया