बिहिबार देशभरको मौसम कस्तो रहन्छ ?

५ बर्ष अगाडि

काठमाडौं- पूर्व, मध्य र पश्चिमका केही क्षेत्रमा मौसम बिहीबार आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रभावित भएको हो ।

आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैबिच उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू–भागमा बिहानपख हुस्सु–कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया