सिटीजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

५ बर्ष अगाडि

काठमाडौं- सिटीजन्स बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।  सिटीजन्स बैंकले बुधवार सिर्जना फाइनान्सलाई  प्राप्ति गर्ने प्रारम्भिक सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । 

हाल  सिर्जना फाइनान्स कम्पनीको  चुक्तापूँजी रू। ८४ करोड ८७ लाख रहेको छ । सिटीजन्स बैंकले त्यसो त तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पनि विशेष साधारण सभाबाट पारित भइसकेको छ ।

हाल सिटीजन्स बैंकको चुक्तापूँजी रु ९ अर्ब ८१ करोड रहेको छ ।

त्यसैगरी तिनाउ मिसनको पूँजी रू.१ अर्ब ८१ करोड ३१ लाख रहेको छ । सिटीजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि भने चुक्तापूँजी रू.१२ अर्ब ४७ करोड ७५ लाख पुग्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया