प्रचण्ड-माधव जनसभा : अन्धो, लङ्गडो शब्द प्रति अपाङ्ग हरुले जनाए विरोध !

५ बर्ष अगाडि

 काठमाडौँमा भइरहेको  जनसभामा अपाङ्गता भएका व्यक्तिहरुको भावनामा चोट पुग्ने गरी बोलेको भन्दै विरोध भएको छ । नेकपा प्रचण्ड–माधव समूहको जनसभामा  वक्ताहरुले सरकारी कदमको विरोध गर्ने क्रममासभामा सहभागी अपाङ्गता भएका व्यक्तिहरुले मञ्चमा एउटा नोट पठाएर विरोध जनाएका हुन् । 

उक्त नोट कार्यक्रमका उद्घोषक लीलामणि पौडेलले पढेर सुनाएका थिए । नोटमा वक्ताहरुलाई शब्द प्रयोग गर्दा ध्यान दिन आग्रह गरिएको छ ।

त्यस्ता शब्दहरुले सभामा सहभागी अपाङ्गता भएका सयौँ व्यक्तिहरु दुःखी भएको नोटमा उल्लेख गरिएको छ ।

कतिपय वक्ताहरुले सरकारले असंवैधानिक कदम चालेको भनेर विरोध गर्ने क्रममा ‘अपाङ्ग, अन्धो, लङ्गडो’ जस्ता शब्द प्रयोग गरेका थिए । विरोध नोट पढेर सुनाएपछि उद्घोषक पोखरलले माफी मागेका थिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया