नक्कली सुन देखाई ५५ लाख ठगी गर्ने ६ जना पक्राउ

५ बर्ष अगाडि

झुक्याएर ५५ लाख ठगी गर्ने  ६ जनालाई पक्राउ परेका छन् ।१ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गरेको उजुरीका आधारमा प्रकाउ गरेको हो। 

 गत माघ ११ गते  ताहाचाल बस्दै आएका एक व्यक्तिलाई  नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गर्ने ६ जनालाई  महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काभ्रे घर भइ काठमाडौंको बालाजु बस्ने सन्त बहादुर लामा, नुवाकोट घर भइ तारकेश्वरको शान्तिटोल बस्ने ऋषमान घले, जेरी तामाङ, र मेख तामाङ, झापा घर भइ ताहाचल बस्ने अभय कुमार चौधरी तथा नुवाकोट घर भइ जरङगु बस्ने राज तामाङ रहेका छन् । 

प्रहरीले उनीहरुको साथबाट बस्ने ९ लाख ५० हजारका साथै मोटरसाइकल २ थान र मोबाइल ५ थान बरामद गरेको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया