काठमाडौं- कालिका पावर कम्पनी लिमिटेडले चालु आवको पुस मसान्तसम्म रु .५ करोड ३६ लाख बराबरको खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु.३९ करोड ८४ लाख बराबरको खुद नाफा कमाएको थियो । गत आवको सोही अवधीको तुलनामा लघुवित्तको नाफामा रु १ करोड ३७ लाख अर्थात ३४ प्रतिशतले बढी हो ।
समीक्षा अवधीसम्म कम्पनीको आम्दानी रु. १० करोड ३२ख बराबर रहको छ । गत आवको सोही अवधीको तुलनामा कम्पनीको आम्दानी रु.८५ लाख ९७ हजार बढी हो । गत आवको पुसमसान्तसम्म कम्पनीले रु. ९ करोड ४६ लाख बराबरको आम्दानी गरेको थियो ।
समीक्षा अवधीसम्म कम्पनीको चुक्ताँ पुँजी रु.६० करोड बराबर रहेको छ ।
सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७.८७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११९.४० रहेको छ। गत बर्षको सो अवधीसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ २०८.८७ रुपैंया रहेको थियो ।
प्रतिक्रिया