नेपाल लाइफको ५१ प्रतिशत लाभांश प्रस्ताव पारित

५ बर्ष अगाडि

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले  ५१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । 

बुधवार वीरगञ्ज, पर्सामा सम्पन्न वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यस कम्पनीले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिन लागेको हो ।

जीवन बीमा कम्पनीहरुमध्यकै सर्वाधिक रू. ५ अर्ब ५० करोड चुक्तापूँजी भएको यस कम्पनीले नेपालको इतिहासमै शेयर खण्डिकरणको प्रकृया अघि बढाएको हो ।  कम्पनीले हाल कायम प्रतिशेयर मूल्य रू. १०० लाई घटाएर रू. ५० कायम गर्ने प्रस्ताव सभाबाट पारित गरेको हो । 

 कम्पनीले पारित गरेको ३१ प्रतिशत बोनस शेयरपश्चात रू। ७ अर्ब १९ करोड चुक्तापूँजी पुग्नेछ । बोनस पश्चात कम्पनीको शेयर कित्ता ७ करोड १९ लाख कायम हुनेछ । 


यस वर्ष बीमा कम्पनीहरुमध्यकै सर्वाधिक लाभांश पारित गरेको कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि माघ १४ देखि २८ गतेसम्म बुक कलोज गरेको छ । बुक क्लोजको आधारमा माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया