बन्दुक पड्कँदा एकजनाको मृत्यु

५ बर्ष अगाडि

भरुवा बन्दुक पड्कँदा एकजनाको मृत्यु भएको छ । दाङको दगढवा गाउँपालिका–२, तिरतिरे डाँडास्थित जंगलमा सिकार खेल्ने क्रममा बन्दुक पड्कँदा सोही ठाउँ बस्ने  ४० वर्षीय इन्द्रबहादुर रानाको मृत्यु भएको हो। 

सिकार खेल्न गएका इन्द्रबहादुर लाई उनका भाई २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किएर दाइ  इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको हो । 

प्रहरीचौकी गोबर्डिया र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया