काठमाडौं- डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. ३२ करोड ४० लाख बराबरको खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
लघुवित्तको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. २४ करोड ६९ लाख बराबरको खुद नाफा कमाएको थियो । गत आवको सोही अवधीको तुलनामा लघुवित्तको नाफामा रु.७ करोड ७० लाख बराबरले बढी हो ।
समीक्षा अवधीसम्म लघुवित्तले रु. ५ अर्ब ७८ करोड ५२ लाख निक्षेप संकलन गरेको छ । यस्तै,सोही अवधीसम्म लघुवित्तले रु. १३ अर्ब ८४ करोड २४ लाख बराबरको कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधीसम्म लघुवित्तले रु. १२ अर्ब १४ करोड ५ लाख बराबरको कर्जा प्रवाह गरेको थियो ।
चालु आवको पुसमसान्तसम्म लघुवित्तले रु ६६ करोड १४ लाख बराबर खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधीसम्म लघुवित्तको रु ५४ करोड २९ लाख बराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ५४ लाख रहेको छ । लघुवित्तले आफ्नो जगेडामा रु.
१ अब २० करोड ३० लाख जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. ६४.४५ रहेको छ । यसैगरि, तरलता अनुपात ७.६६ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मुल्य रु.१५१७.७१ रहेको छ ।
प्रतिक्रिया