काठमाडौं - सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले उनलाई नियुक्त गरिएको हो ।
यसअघि शर्मा माछापुच्छ्रे बैंकको सिइओ थिए । उनले माछापुच्छ्रे बैंकबाट २०७६ फागुनमा राजीनामा दिएका थिए ।
माछापुच्छ्रेमा सिइओ हुनुअघि शर्मा ग्लोबल आइएमइ बैंकमा थिए। त्यसअघि पनि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए ।
शर्माले बैंकिङ क्षेत्रमा करिब २३ वर्षको अनुभव छ। उनले सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए ।
प्रतिक्रिया