अजोड इन्स्योरेन्सको नाफा ७५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं- अजोड इन्स्योरेन्स लिमिटेडले दोस्रो त्रैमाससम्म रु. ४ करोड ६ लाख बराबरको खुद नाफा आर्जन गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण यस्तो देखाएको हो ।

गत आवको सोही अवधीसम्म कम्पनीले रु २ करोड ३१ लाख बराबरको खुद नाफा कमाएको थियो । गत आवको सोही अवधीको तुलना कम्पनीको नाफा १ करोड ७५ लाख अर्थात ७५.४९ प्रतिशतले बढी हो । 

समीक्षा अवधीसम्म कम्पनीले रु ६८ करोड २३ लाख बराबरको बीमा शुल्क संकलन गरेको छ  । गत आवको सोही अवधीसम्म कम्पनीको बीमा शुल्क संकलन रु.२७ करोड ५८ लाख बराबरले बढी हो । गत आवको सोही अवधीको तुलनामा कम्पनीले रु.४० करोड ६५ लाख बराबरको बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पुस मसान्तसम्म रु.१ अर्ब चुक्ताँ पुँजी रहेको कम्पनीको जगेडा कोषमा रु ६ करोड ६३ लाख बराबरको रकम सञ्चित रहेको छ । 

समीक्षा अवधीसम्म कम्पनीको दीर्घकालानी लगानी तथा कर्जा रु.४ करोड ३८ लाख बराबर रहेको छ भने अल्पकालिन लगानी तथा कर्जा रु. १ अर्ब ४१ करोड ३६ लाख बराबर रहेको छ ।

समीक्षा कम्पनीको प्रतिशेयर आम्दानी रु.८.१३ रहेको छ । प्रतिशेयर नेटवर्थ रु.११५.६४ रहेको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया