काठमाडौं - लोकसेवा आयोगले विभिन्न पदहरुका लागि भारी संख्यामा कर्मचारी माग गरेको छ।
आयोगले निजामती सेवा तर्फ प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौ तहका आ।प्र।, खुला तथा समावेशी पदहरुका लागि २५४ जना कर्मचारीको माग गरेको हो ।
आयोगका अनुसार योग्यता पुगेका १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । दरखास्त फारम फागुन १८ गते सम्म दरखास्त बुझाउनु पर्ने छ ।
डबल दस्तुर तिरेर फागुन २५ गतेसम्म दरखास्त बुझाउन सकिने आयोगले जनाएको छ ।
प्रतिक्रिया