काठमाडौं – नाडेप लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. १० करोड ८० हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले ३ करोड १९ लाख २४ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. १ अर्ब ४५ करोड १३ लाख निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. ४ अर्ब ३९ करोड ४ लाख प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा ३९ करोड ७० लाख ६७ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. २५ करोड ६२ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. ४० करोड ४८ लाख रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. ३३ करोड ७८ लाख ५१ हजार जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी (लाभांश क्षमता) रु. ४९.४५ रहेको छ । यसैगरि प्रतिशेयर नेटवर्थ १८३.४६, तरलता अनुपात १६.०२ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १२४.३१ रहेको छ ।
प्रतिक्रिया