एजेन्सी - म्यान्मारमा सैन्य ‘कू’विरुद्ध प्रदर्शनमा उत्रिएकी एक महिलालाई गोली लागेको छ । उनी गम्भीर घाइते भएकी छिन् । उनको अवस्था नाजुक रहेको बीबीसीले जनाएको छ ।
ती महिला मङ्गलवार राजधानीमा आयोजित प्रदर्शनमा सहभागी भएकी थिइन्। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो ।
गत साता सैन्य कू भएपछि त्यसको विरोधमा दशौँ हजार मानिसहरूले विरोध गरिरहेका छन् ।
बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको छ । राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन् ।
प्रतिक्रिया