काठमाडौं – सुर्या लाईफ इन्स्योरेन्स कम्पनीले चालु आवको पुस मसान्तसम्म रु. २० करोड १२ लाख ७२ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीेले रु. १५ करोड १९ लाख ७४ नाफा कमाएको थियो ।
यस्तै, कम्पनीले यो ६ महिनामा रु. २ अर्ब ३२ करोड २० लाख बीमशुल्क संकलन गरेको छ । बीमाशुल्क संकलन पनि गत आवको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. १ अर्ब ३० करोड ७१ लाख बीमाशुल्क संकलन गरेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमामा रू. ७२ करोड ८० हजार जम्मा गरेको छ । कम्पनीले बीमा कोषमा ९ अर्ब २८ लाख ८१ हजार राखेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १८.६८ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात ३९.९४, प्रतिशेयर नेटवर्थ १२८.२५ र प्रतिशेयर कुल सम्पत्ति ६०९.४२ रहेको छ ।
प्रतिक्रिया