कुकुर र बिरालोको कोरोना परिक्षण हुने

५ बर्ष अगाडि

एजेन्सी - दक्षिण कोरियाको राजधानी सियोलमा कुकुर र बिरालोमा कोरोना भाइरस संक्रमणको परिक्षरण गरिने भएको छ । घरपालुवा कुकुर र बिरालोमा कोरोनाको लक्षण देखिएपछि परिक्षण हुने भएको हो । 

सियोल शहरको स्थानीय प्रशासनले यसको बारेमा जानकारी दिएको छ । 
केहि हप्ता पहिला दक्षिण कोरियामा जनावरमा पहिलो पटक एउटा बिरालोमा कोरोना संक्रमण देखिएको थियो । 

समाचार एजेन्सी योनहापको रिपोर्ट अनुसार, महामारीको रोकथामको लागि घरपालुवा जनावरलाई पनि आइसोलेसनमा राखिने भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया