बढ्यो युनाइटेड इन्स्यारेन्सको नाफा, प्रतिशेयर आम्दानी भने २.६७ मात्र

५ बर्ष अगाडि

काठमाडौं – युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. २ करोड ७४ लाख ९० हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रू. २ करोड २ लाख नाफा कमाएको थियो ।
कम्पनीले रु. ५७ करोड ६८ लाख बीमाशुल्क संकलन गरेको छ । बीमाशुल्क संकलन पनि गत आवको सोही अवधी बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ३५ करोड ६८ लाख  बीमाशुल्क संकलन गरेको थियो ।
यस्तै, कम्पनीले यस बर्ष ७१ हजार ८९१ ओटा बीमालेख जारी गरेको छ । त्यसमा ४ हनार ३३३ नविकण गरिएको बीमाशुल्क रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब २ करोड रहेको छ । यस्तै, जगेडा कोषमा  ९ करोड ८१ लाख रुपैयाँ जम्मा भएको छ । बीमा कोषमा ३२ करोड ४४ लाख जम्मा भएको कम्पनीको भनाइ छ ।
वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी २.६७ मात्र रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात १९८.५०, प्रतिशेयर नेटवर्थ १४१.७७ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य २४५.७९ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया