काठमाडौं - कुवेतमा सात जना नेपाली महिला पक्राउ परेका छन्। घरेलु कामदारलाई भगाएर अर्को साहूलाई बेचेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत वनाएर बेचबिखन गर्दै आएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सञ्चार माध्यममा उल्लेख छ ।
पक्राउ परेका नेपाली महिलालाई मानव बेचबिखनसम्बन्धी कानुन अनुसार कारबाही हुने कुबेत प्रहरीले जनाएको छ।
प्रतिक्रिया