काठमाडौं - एनआईसी एसिया बैंकले गतिशील बैंकिङको निरन्तरता स्वरूप आफ्ना ग्राहकहरूका लागि ‘सेलिब्रेट लभ विथ एनआईसी एसिया बैंक’ योजना सार्वजनिक गरेको छ । भ्यालेन्टाइन्स डे को अवसर पारेर बैंकले उक्त योजना सार्वजनिक गरेको हो ।
यस योजना अनुसार बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी मोबाइल बैंकिङ, डेबिट वा क्रेडिट कार्ड, क्यूआर भुक्तानी तथा आईपीजी गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्नेछ ।
साथै डिजिटल माध्यमबाट कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकलाई नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेन्टाइन्स डेको दिन डिनरको अवसर प्रदान गर्नेछ ।
यो योजना माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया