बंगलादेशबाट पहिलो चरणमा १० हजार टन रासायनिक मल आउने

५ बर्ष अगाडि

काठमाडौं - बंगलादेशबाट पहिलो चरणमा १० हजार टन रासायनिक मल आउने भएको छ । बंगलादेशबाट आउन लागेको ५० हजार टन मलमध्येबाट पहिलो चरणमा १० हजार टनमात्र आउने भएको हो । 

मल आयातका लागि सबै प्रक्रिया सकिएकोले बिहीबारदेखि लोड हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीले १० दिनभित्र मल आइपुग्ने जनाएको छ ।

सरकारले तीन चरणमा मल ल्याउन लगेको हो । कम्पनीका अनुसार पहिलो चरणमा १० हजार टन तथा, दोस्रो र तेस्रो लटमा २०–२० हजार टन मल आउने जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया