काठमाडौं - पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको छ ।
हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नं. १ का पहाडी भुभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ ।
प्रदेश २ र काठमाडौं उपत्यकामा आज बादल लागे पनि पानी पर्ने सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा लागेको बादल साँझपखबाट हट्ने छ । उच्च पहाडी तथा हिमाली भू(भागमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
तराईका केही भागमा बिहानपख हुस्सुरकुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया