भिरमौरीको महखाँदा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व रोहन गुरुङ्ग अध्यक्ष गम्भिर बिरामी परेका छन् । आज बिहान साथीले पठाइदिएको एकचम्चा भिरमौरीको मह खाँदा आफ्नो मुटुको धड्कन झण्डै बन्द हुने अबस्थामा पुगको उनले बताएका छन् ।
ओम अस्पत्तालमा इमर्जेन्सीमा उपचार गरेपछि उनी अहिले डिस्चार्ज भएका छन् ।
‘पुरा शरीर चिसो भए जस्तो र सास छोटो हुँदै गइरहेको थियो। मेरो हातको बुढी ओैलामा मुटुको धडकन नाप्ने यन्त्र लगाइयो साथै इसिजि गर्ने काम शुरु भयो’, उनले लेखेका छन्, ‘मुटुको धडकन चालिसमा झरी सकेको रहेछ । पछी डाक्टरले भनेको पैत्तिस भन्दा कम भए मुटु चल्न छोड्छ ।’
महको एलर्जीका कारण आफूलाई त्यस्तो समस्या भएको भन्दै उनले भिरमौरीको मह खाँदा सचेत हुन भनेका छन् ।
यस्ताे छ उनकाे अनुभव
जीवनको अन्तिम ढाेकासम्म पुगेर फर्किदाको अनुभव:
बिहान करिब ११ बजे फोनको घण्टी बज्यो ।हेलो ......... एकजना मित्रले जंगली (भिर) मह चाख्न पठाइ दिएको छु तल घरको गेटमा कसैलाई लिन पठाइ दिनुस् भन्दै थियो । धन्यवाद भन्दै फोन राखें।
एउटा डब्बामा कालो रंगको मह, बिर्को खोलेर हेेरें ,अनि कडा बास्ना सुघ्दा मनमा स्वादको काैतुहलता बढयो।श्रीमति खाना लगाउदै थिइन त्यसैले खाना खाएर मह चाख्ने सोच बनाउदै खाना तिर लागियो।
दिउँसो ३ बजे बत्तिस पुतली नजिक एउटा मिटिङमा जानू पर्ने थियो।मिटिङमा सगै जाने सल्लाह भए बमोजिम करिब १:२५ बजे महेश भाइ मेरो घरमा आइपुग्यो । एकएक कप ब्ल्याक कफि पियाैं। अनि घरबाट निस्कन लागेको झल्यास्स त्यो जंगली भिर मह सम्झीएं। लकडाउनले अल्छि भएर शरीरमा बढेको फ्याट काटछ रे, जंगली मह चाखाैं भाइ भन्दै एक एक सानो चिया चम्चा मह तातो पानीमा राखेर एकएक कप दुबै जनाले पियाैं। (भिर मह धेरै खान हुदैन भन्ने थाहा थियो)
बसुन्धरा बाट नक्साल हुँदै गाैशाला पुग्दै थियौं ।मलाई पेट चिसो भएको महशुस भयो।केहिबेर पछी टाउकाे झुम्म हुँदै आयो।उकुसमुकुस हुँदै गाह्रो महशुस भए पछी महेशलाई गाडी गाैशाला चोकबाट देब्रे चाबहिल तिर मोड्न लगाएं, मलाई प्रेसर लो भए जस्तो गाह्रो भयो चाबहिलको मेरिडियन हेल्थ कियरमा प्रेसर नाप्नु पर्यो भने पछी महेशले गाडी इमर्जेन्सी लाइट बाल्दै करिब २:४५ बजे अस्पताल पुग्योैं। म मुस्किलले गाडीबाट झरेर अस्पतालको इमर्जेन्सी कक्षमा पुगें र त्यहाका स्वास्थकर्मी लाई मैले जंगली ( भिर)मह खाएको र मलाई गाह्रो भयो भनेर कुरा राखें। स्वास्थकर्मीले तपाईंलाई एन्टि पोइजन डाेज दिनुपर्ने देखिन्छ त्यसैले ॐ अस्पताल वा टिचिङमा त्यो सुबिधा छ त्यहा जानुस् भन्ने सुझाव पाएं। हतार गर्दै नजिकैको ॐ अस्पतालको इमर्जेन्सी कक्षमा पुग्याैं।नर्स र डाक्टरलाई सबै कुरा बताए पछी बेडमा सुतें।पुरा शरीर चिसो भए जस्तो र सास छोटो हुँदै गइरहेको थियो।
मेरो हातको बुढी ओैलामा मुटुको धडकन नाप्ने यन्त्र लगाइयो साथै इसिजि गर्ने काम शुरु भयो। मुटुको धडकन चालिसमा झरी सकेको रहेछ । (पछी डाक्टरले भनेको पैत्तिस भन्दा कम भए मुटु चल्न छोड्छ)
मेरो शरिरमा रहेको सबै नशा र मांसपेसी द्रुत गतिमा सल्बलाउन शुरु गर्दै थिए।म आत्तिए रहेको थिएँ ।नर्स र डाक्टर मलाई केही हुदैन भन्दै हाैसला दिदै थिए ।
मेरो हातको नशाबाट ओैषधी दिन पिन घुसाउने कोशिस भइरहेको थियो ।म लगभग अर्ध चेत अबस्थामा पुग्दै थिएं ।
पल्स घटदै थियो, मेरा शरीरका सबै भाग झटका दिदै कम्पन दिन थाले।अँध्यारो हुँदै गइरहेको थियो। मैले मेरो कुल,पितृ , नाग देवता, सबै भगवान,पुकारें।श्रीमति छोराहरु आमा, दाइ,दिदिबहिनी , कुटुम्ब लगाएत सबै नातेदार .... सबै साथीभाइ सम्झें । धेरै टाढा कोहि बोलिरहेको जस्तो लाग्थ्यो, म मृत्युको अन्तिम ढाेकामा पुगेको जस्तो लाग्थ्यो। जिबनमा धेरै काम गरे जस्तो , केही काम अधुरै रहे जस्तो ..... एकै चोटि थुप्रै कुराहरु मानस पटलमा घुम्न थाले । यदि म फर्किन सकिन भने के होला ? म आफैंले आफैलाई हाैसला दिदै थिएँ , जाबो एक चम्चा महले केही हुदैन भन्दै ।।। शरीरका नशा अनि मांसपेसी कन्त्रोल बाहिर गइसकेको थियो ।
नर्सको धेरै प्रयास पछी दाहिने नारीमा पिन घुसाउन सफल भएको रहेछ ।स्लाइन पानी र एन्टि पोइजन दबाइ शरीर भित्र पस्न शुरु गरेछ । केही समय पछी जाडाेले शरिर कापी रहेको अनुभुती भयो।महेश भाइ छेउमा देखें, जाडाे भयो भने पछी नर्सले ३-४ वटा कम्मल ओढाइन, हिटर लगाइ दियो।
मेरो मुटुको धडकन मोनिटर स्कृनमा ८५-८६ देखाउन थालेको रहेछ ।सुगर,प्रेसर सबै डाउन भएको रिपोर्ट आइपुग्यो ।दबाइहरु स्लाइन पानीसग मिसिदै शरीर भित्र पस्दै गए ।करिब ६:३० बजे तिर छाति एक्सरे गरेर राम्रै रिपोर्ट आयो।केही दबाइ लिएर ७ बजे तिर डिस्चार्च भएर निस्कें।
जंगली ( भिर) मह धेरै खान हुदैन भन्ने थाहा हुदाहुदै पनि मैले ठुलो समस्या भोग्नु र म सगै बराबर मह खाएको महेशलाई केही नहुनुको कारण मलाई त्यो महले इलर्जी गर्यो तर महेशलाई गरेन ।त्यसैले जंगली (भिर)मह खादा ध्यान दिनु होला ।गाह्रो हुन साथ घरमा वा कतै नसुति तुरुन्त अस्पताल जानुहोस।।।
जन चेतनाको लागि २६ माघ २०७७ को दिनमा मैले भोगेको घटना शेयर गरेको छु।
ॐ अस्पताल चाबहिल,इमर्जेन्सी कक्षमा कार्यरत सबै स्वास्थकर्मी लाई मन देखि धन्यवाद व्यक्त गर्दछु ।प्यारो भाइ महेश श्रेष्ठलाई बिशेश धन्यवाद ।मलाई टेक कियर गर्ने मेरो जीवन सङिगनीलाई धेरै धेरै धन्यवाद।सधै मलाई आशीर्वाद दिन नथाक्ने आमा, दिदिहरु ,दाइभाउजु, बहिनी, भान्जाभान्जी , कुटुम्ब , साथी भाइहरू सबैको माया र आशीर्वादले आजबाट तन्दुरुस्त छु । यो मेरो दु:खद अनुभव तपाईंको परिवार र साथीलाई पनि चेतना जगाउन शेयर गर्नु होला ।
धन्यवाद।।।
प्रतिक्रिया