सरकारले आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त गरेको छ ।
२०७५ सालदेखि राजस्व अनुसन्धान विभागको महानिर्देशकमा कार्यरत मैनालीलाई आन्तरिक राजस्वमा लगिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलले मंगलबार बजेटको अर्धवार्षिक समिक्षा गर्दै विभाग महानिर्देशक नियुक्त गरिएको जानकारी दिएका हुन्।
मैनालीलाई महानिर्देशक बनाउन सहमतिको लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाइएको छ। आन्तरिक राजस्व विभाग अर्थमन्त्रलय अन्तर्गत पर्छ।
सामान्य मन्त्रालयले अनुमति दिएपछि कार्यभार सम्हाल्ने छन्। यसअघिका महानिर्देशक बिनोदबहादूर कुँवरलाई प्रदेश सरुवा गरेपछि त्यो स्थानमा मैनालीलाई जिम्मा दिने तयारी गरिएको हो।
प्रतिक्रिया