नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युबासंघ नेपालले केन्द्रीय समिति पुर्नगठन गरेको छ । आउदो चुनावलाई लक्षित गर्दै युबासंघ नेपालले ६१ जनाको सदस्यतामा केन्द्रीय समिति पुर्नगठन गरेको हो ।
रमेश पौडेल संयोजक्तामा बसेको केन्द्रीय समितिको बैठकले वचनबहादुर सिंहलाई अध्यक्ष र किरण पौडेललाई सह–अध्यक्ष चयन गरेको छ ।
समितिले सचिवमा सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, विनय शाह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरी रहेका छन् ।
यस्तै युवासंघको महासचिवमा रमेश आचार्य चयन भएका छन् भने उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी रहेका छन् ।
त्यसैगरी युबासंघले कोषाध्यक्षमा मुकेश बुढाथोकी, सह–कोषाध्यक्षमा राकेश लामा र हिमेश केसी लाई चयन गरेको छ ।
युवासंघले निर्वाचन आयोग प्रमुखको जिम्बेबारी बाबुराम पाण्डेलाई दिएको छ भने लेखा आयोग प्रमुखमा सुदीप सापकोटा तथा उपप्रमुखमा प्रल्हाद प्रधानलाई चयन गरेको छ ।
प्रतिक्रिया