नेपालको एक मात्र पुर्वाधार विकास बैंक निर्फाले प्रदेश तथा स्थानीय सरकारले निमार्ण गर्ने परियोजनामा १० करोड रुपैयाँ सम्म लगानी गर्न पाउने भएको छ ।
आज नेपाल राष्ट्र बैंकले निर्फाका नाममा एकीकृत निर्देशन जारी गर्दै स्थानीय र प्रदेश सरकारको परियोजनामा लगानी गर्न पाउने जनाएको हो ।
बैंकको निर्देशन अनुसार स्थानीय तहका सरकारहरुको अगुवाइमा पब्लिक प्राइभेट पार्टनर सीप (पीपीपी) मोडल बाट प्रवद्र्धित कृषि, स्वास्थ, पर्यटन, शिक्षा, फोहोरमैला व्यवस्थापन र ढल निकास सम्बन्धी परियोजनाहरुमा १० करोड वा सो भन्दा बढी कर्जा तथा सुविधा प्रदान गर्न सक्ने व्यवस्था थप गरेको हो ।
प्रतिक्रिया