एनएमबि बैंकको  विस्तारित सेवा  बी एन्ड बी हस्पिटलमा

५ बर्ष अगाडि

एनएमबि बैंकले  बी एन्ड बी हस्पिटलमा एटीएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ । ललितपुरको ग्वार्कोमा रहेको बी एन्ड बी हस्पिटलमा  उपचारको लागि आउने ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देस्यले एटीएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको हो । 

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बीएन्डबी बोर्डको तर्फबाट डा। सरोज बैंद्यले संयुक्त रुपमा सेवाको उद्घाटन गरेका थिए  ।कोरोना माहामारीको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै र सुरक्षाका उपायहरु अवलम्बन गदै उक्त कार्यक्रम गरिएको थियो ।

एनएमबि बैंकले हाल देशभरि १८० शाखाहरु, १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया