मेगा बैंकले जोर्डनमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबार सम्बन्धी सम्झौता भए संगै सेवा विस्तार गरेको हो ।
जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् ।
अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र मेगा बैंकका एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ ।
प्रतिक्रिया