यो वर्षको एसईई परीक्षा केन्द्रीय स्तरबाटै

५ बर्ष अगाडि

काठमाडौं- यो वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) केन्द्रीय स्तरबाटै हुने भएको छ । 

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले यो वर्षको एसईई परीक्षा केन्द्रीयस्तरबाटै गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले प्रदेश शिक्षा निर्देशनालयसँग छलफल गरेर केन्द्रले नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक कर्मचारीले बताए ।

विद्यालय क्षेत्र सम्बन्धी नयाँ संरचना अनुसार ८ कक्षाको परीक्षा पालिकास्तरमा, १० कक्षाको प्रदेशस्तरमा र १२ कक्षाको राष्ट्रियस्तरमा सञ्चालन गर्ने व्यवस्था रहे पनि सो अनुरुप कानुनमा संशोधन भई नसकेकाले यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाट साविक झै सञ्चालन हुने भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।

५ बर्ष अगाडि

प्रतिक्रिया