काठमाडौं- फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले फागुन २१ गते आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभा वित्तिय संस्थाको केन्द्रिय कार्यालय दुहवी सुनसरीमा बिहान ११ बजेबाट हुने निर्णय भएको छ । यही माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै सभामा गत आवको मुनाफाबाट चुक्ताँ पुँजीको ६.५८ प्रतिशतले नगद लाभांश –बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न प्रस्तावमा छलफल गरिनेछ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्न आ.व ०७६र ०७७ को वार्षिक प्रतिवेदनमा छलफल गरिनेछ । साथै,आ.व ०७६र ०७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनूसुचिहरु पारित गरिने छ ।
साधारण सभाका लागि फागुन ५ गते संस्थाको शेयर दाखिला खारेज किताब बन्द रहनेछ ।
प्रतिक्रिया