सनराइज बैंकका सीईओ द्वारा राजिनामा

५ बर्ष अगाडि

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् ।  बैंकका सीईओ पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका छन् । 

लामो समय बैंक सञ्चालक र व्यवस्थापनबीच बिवाद रहदै आएको थियो । एक वर्ष अघि बैंकको   बिवाद नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो ।

शर्मा ४ वर्षका लागि नियुक्त भएका थिए । २ वर्ष कार्यकाल अझै बाँकी रहेका कारण उनले बाँकी समयको सेवा सुविधा समेत पाउने गरी राजीनामा दिएका हुन् । 

उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने बैंक सञ्चालक समितिको तयारी रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया