काठमाडौं- चालु आर्थिक वर्षको पुस मसान्तससम्ममा शोधनान्तर स्थिति रु. १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको छ । मुलुकबाट बाहिरिने र भित्रिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँदछ।
गत आवको सोही अवधिमा शोधनान्तर स्थिति रु.२६ अर्ब ६५ करोडले बचतमा रहेको थियो । गत आवको तुलनामा सो बचत रु. १ खर्ब २७ करोडले बढी हो । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
यस्तै सो अवधिमा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु.६ अर्ब ८५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.२ प्रतिशतले कमी आई रु.७ अर्ब ६६ करोड कायम भएको छ ।
गत आवको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१२ अर्ब २० करोड रहेको थियो ।
प्रतिक्रिया