सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने

५ बर्ष अगाडि

सरकारले सोनाम ल्होछारको अबसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३० गते परेको सोनाम ल्होछारको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।

सरकारले २०५१ सालदेखि सोनाम ल्होछारको दिन बिदा दिँदै आएको थियो । तर ओली नेतृत्वको सरकारले २०७४ सालदेखि सो दिनको बिदा कटौती गरेको थियो । सो वर्ष पुरै बिदा दिने गरिएका १० वटालाई आंशिक बनाइएको थियो भने १२ वटा बिदा पूर्णरुपमा कटौती गरिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया